Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चौरी देउरालीबाट पहिलो पटक हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

    चौरी देउरालीबाट पहिलो पटक हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । काभ्रेको विकट गाउँ चौरिदेउराली गाउँपालिका वडा नं. २ बाट पहिलो पटक हेलिकोप्टरमार्फत सुत्केरी महिलाके उद्धार गरिएको छ ।

    फागुन १ गते राती ९ बजेबाट सुत्केरी बेथा लागेपनि सुत्केरी हुन नसकेपछि वडा नं. २ कि फूलमती थापा मगरलाई आज २ः१० बजे राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरी काठमाडौंको थापाथली प्रसुती गृह ल्याइएको नाग्रे गगर्चे स्वास्थ्य चौकीका प्रमुख बद्री भण्डारीले अनलाईन नेपाललाई बताए ।



    सुत्केरी बेथा लागेकी मगरलाई तत्कालै वडा नं. २ मै रहेको महिला तथा बालविकास केन्द्र सामुदायिक अस्पताल(डिसीडब्लुसी) मा लगिए पनि उनलाई त्यहाँ सुत्केरी गराउन सकिएको थिएन ।



    सुत्केरी गराउन नसकी जटिलता देखिएपछि आमा र बच्चाको ज्यान जोखिममा पर्ने अवस्था सृजना भएको हुँदा डिसीडब्लुसीकै पहलमा हेलिकोप्टरको बन्दोबस्त मिलाइएको हो ।

    अस्पतालले वडाध्यक्ष हुँदै गाउँपालिका र गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय हुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हेलिकोप्टर चौरी देउराली गाउँपालिका वडा नं. २ को नाग्रे गगर्चेमा पठाएको थियो ।

    विरामी महिलालाई उद्दार गर्नका लागि नेपाली सेनाको NA045 नम्बरको हेलिकोप्टर त्याहाँ पुगेको थियो ।

    हेलिकोप्टरका लागि ११ बजेबाट पहल गर्दा २ः१० मा विरामीको उद्दार गरिएको विरामीका श्रीमान कर्णबहादुर थापा मगरले बताए ।

    विरामी महिलाको अहिले काठमडौंको थापाथलिस्थित प्रसुती गृहको आकस्मिक कक्षमा उपचार भइरहेको पनि मगरले बताए ।

    यस्ता घटनापछि राजधानी काठमाडौंबाट नजिक भए पनि सडकका कारण विकट बन्न पुगेको नाग्रे गगर्चेका स्थानियले समयमै उपचार पाउन नसक्दा अकालमा ज्यान गुमाउनु परेको यथार्थलाई स्थानीय सरकारले ख्याल गर्नुपर्ने देखिन्छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार