Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • ज्येष्ठ नागरिकलाई कोरोना खोपको प्राथमिकता दिन माग

    ज्येष्ठ नागरिकलाई कोरोना खोपको प्राथमिकता दिन माग

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 2.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । विवेकशील साझा पार्टीले कोभिड-१९विरुद्धको खोप अभियानमा राज्यले ज्येष्ठ नागरिकहरूमाथि उपेक्षा गरेको भन्दै आपत्ति जनाएको छ ।

    आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टीको ज्येष्ठ नागरिक संगठनले ज्येष्ठ नागरिकहरूलाई कोरोना खोप लगाउनको लागि उपेक्षा गरिएकोप्रति आपत्ति जनाउँदै उनीहरुलाई प्राथमिकता दिन आग्रह गरेको छ ।



    कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दुस्खद र दुर्भाग्यपूर्ण रहेको साझा ज्येष्ठ नागरिक संगठनका संयोजक महेनमोहन श्रेष्ठले जनाएका छन् ।



    विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी कोभिड–१९ विरुद्धको खोप दिइँदै गरिएकोमा नेपालमा जेष्ठ वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकारी उदासीनता छर्लङ भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार