राष्ट्रिय महिला लिगः पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित

राष्ट्रिय महिला लिगः पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित

अनलाइन नेपाल
  • सोमबार, फाल्गुन ३ २०७७

  • 2K
    SHARES

  • राष्ट्रिय महिला लिगः पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित

    काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) ले नेपाल पुलिसलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सम्पन्न एपीएफले २-१ गोलअन्तरले जित निकालेको हो।

    पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एपीएफले पुलिसको आत्मघाती गोलबाट अग्रता बनाएको थियो।

    खेलको ६८ औं मिनेटमा पुलिसकी खिम कुमारी गुरुङले आत्मघाती गोल गर्दा एपीएफले अग्रता बनाएको थियो । त्यस्तै ७५ औं मिनेटमा पुलिसकी अमृता जैशीले गोल गर्दै खेल बराबरीमा ल्याइन् ।

    खेलका क्रममा एपीएफकी सावित्रा भण्डारी ६९ मिनेटमा चोटग्रस्त हुँदै मैदानबाट बाहिरिएकी थिइन्। त्यसअघि पुलिसका खेलाडीहरुले उनलाई केन्द्रीत गरेर मार्क गरेका थिए।

    त्यस्तै खेलको ८६ औं मिनेटमा रबिना गोलेले एपीएफका लागि निर्णायक गोल गरिन्। र, एपीएफले प्रतियोगितामा अपराजित यात्रालाई कायम राख्न सक्यो।

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार