Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • संसद् विघटनविरुद्धको मुद्दा

    निवेदक तर्फको जवाफी बहस सकियो, भोलिबाट ‘एमिकस क्यूरी’ले राय पेस गर्ने

    निवेदक तर्फको जवाफी बहस सकियो, भोलिबाट ‘एमिकस क्यूरी’ले राय पेस गर्ने

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि निवेदकका तर्फबाट बहस सोमबार सकिएको छ ।

    सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठ, गोविन्द बन्दी, टीकाराम भट्टराईलगायतले प्रतिनिधि सभा विघटनको विरोध र संसद् पुनर्स्थापनाको पक्षमा बहस गरेसँगै निवेदकका पक्षबाट बहस सकिएको हो ।



    अब मङ्गलवारदेखि अदालतको सहयोगी (एमिकस क्यूरी) को राय सुरु हुनेछ । सर्वोच्च बारका दुई जना र नेपाल बार एसोसिएशनका तीन जना सदस्य रहेको एमिकस क्यूरीका सदस्यले आफ्नो राय व्यक्त गरेपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार