Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • आन्तरिक झगडाका कारण संसद् विघटन गराउने नेकपाका दुवै समूह जनविरोधी : शशांक कोइराला

    आन्तरिक झगडाका कारण संसद् विघटन गराउने नेकपाका दुवै समूह जनविरोधी : शशांक कोइराला

    अनलाइन नेपाल
  • सोमबार, ३ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    फाइल फोटो

    दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूह जनता विरोधी भएको बताएका छन् ।

    संसद विघटनका बिरुद्ध सोमबार दाङमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले नेकपाका दुवै समूह (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल) जन विरोधी भएको बताएका हुन् ।



    विरोध सभालाई सम्बोधन गर्दै उनले भने ‘नेकपा पार्टीको आन्तरिक झगडाका कारण संसद विघटन गरियो, पार्टीको झगडाले संसदलाई रिस पोख्न पाइन्छ ?, नेकपाका दुवै समूह जनता विरोधी हुन् भन्ने त्यसले देखाएको छ ।’



    उनले संसद विघटन बिरुद्ध कांग्रेस कसैसँग मिलेर आन्दोलन नगर्नेसमेत प्रष्ट पारे । ‘कांग्रेस एक्लैले अहिले आन्दोलन गरिरहेको छ, एक्लै नै गर्छ, कसैसँग मिलेर अहिले आन्दोलन हुँदैन ।’ महामन्त्री कोइरालाले सम्बोधनका क्रममा भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार