Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेयमारबिनै बार्सिलोनालाई रोक्ने योजना

    नेयमारबिनै बार्सिलोनालाई रोक्ने योजना

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2K
    SHARES

    Soccer Football - Ligue 1 - Paris St Germain v Nimes Olympique - Parc de Princes, Paris, France - February 3, 2021 Paris St Germain's Kylian Mbappe celebrates scoring their third goal with coach Mauricio Pochettino REUTERS/Gonzalo Fuentes

    एजेन्सी । बार्सिलोनाविरुद्ध मंगलबार हुने प्रि क्वार्टरफाइनलको पहिलो लेगमा आफूसँग उपलब्ध खेलाडीमाथि विश्वास रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले बताएका छन् ।

    ‘पिएसजी नेयमारविना क्याम्प नोउ पुग्दैछ । बार्सिलोनालाई कसरी रोक्ने भन्ने योजना बनाउनु छ । त्यस्तै आक्रमण कस्तो उतार्ने भन्ने विषयमा पनि विचार गर्नुपर्नेछ’, उनले भने,’हामी जहिले पनि आफ्नो खेलाडीमा विश्वास गछौं । उपलब्ध मध्ये उपयुक्त टोली निर्माण गर्दै सफलता नतिजाको प्रयास गर्नेछौं ।’



    पछिल्ला केहि सातामा बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले टोलीमा परिवर्तन ल्याएको इस्पानुयोलका पूर्व प्रशिक्षक समेत रहेको पोचेटिनोले बताएका छन् । ‘बार्सिलोनामा परिवर्तन देखिएको छ । जति बेला रोनाल्डले सम्हालेका छन् त्यसपछि फरक देखिएको छ,’ उनले थपे,’ टोली फरक स्तरमा पुगेको छ । नयाँ अध्याय सुरु भएको छ । विस्तारै टोलीले उच्च प्रदर्शन दिन थालेको छ ।’



    पोचेटिनोले सात महिनाअघि बार्सिलोना सम्हालेका कोम्यानले आफ्नो क्षमता टोलीमा प्रयोग गरेको बताएका छन् । ‘उत्कृष्ट खेलाडीहरुबाट बलियो टोली तयार भएको छ,’ उनले भने, ‘उनीहरुलाई थाहा छ कसरी प्रतिस्पर्धा गर्नुपर्छ भन्ने । टोली जित्नका लागि तयार भएको छ । ठूला क्लबलाई कसरी जित्ने उनीहरु त्यसरी तयार भएका छन् । पिएसजी पनि त्यहि स्तरको टोली प्रतिस्पर्धा र जितका लागि तयार छ ।’

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार