सौरभ ज्योतिको ‘एसजे मोटो’ संचालनमा, पुराना र नयाँ बाइक अवलोकन गर्न पाइने

सौरभ ज्योतिको ‘एसजे मोटो’ संचालनमा, पुराना र नयाँ बाइक अवलोकन गर्न पाइने

अनलाइन नेपाल
  • मंगलबार, फाल्गुन ४ २०७७

  • 1.6K
    SHARES

  • सौरभ ज्योतिको ‘एसजे मोटो’ संचालनमा, पुराना र नयाँ बाइक अवलोकन गर्न पाइने

    काठमाडौं । मोटरसाइकल पारखीका लागि फरक अनुभवका लागि एसजे मोटो स्थापना भएको छ।

    स्याकार ट्रेडिङका संचालक सौरभ ज्योतिले नेपालकै पहिलो मोटरसाईकल संग्रहालय संचालनमा ल्याएका छन् ।

    सौरभले संचालनमा ल्याएको एसजे मोटो सुपर बाइकका साथै नेपालको इतिहास बोकेका ऐतिहासिक मोटरसाइकलको संग्रहाल रहेका छन् ।

    त्यहाँ नेपाली कफीसमेत उपलब्ध हुनेछ ।

    जसका लागि उनले एक छुट्टै क्याफेसमेत संचालनमा ल्याएका छन् । क्याफेमा नेपाली कफीको स्वाद लिन पाईने उनको भनाई छ ।

    नेपालमा हालसम्म यस्तो अभ्यास नभएको भन्दै उनले आफैले पहिलोपटक यस्तो अभ्यास गरेको जानकारी ज्योतिले  दिएका छन् ।

    नेपालको नौलो र पृथक मोटरसाइकल ग्यालरी एवं क्याफेको रुपमा स्थापित मोटोको रिटेल सेक्सन मार्फत ग्राहकले नयाँ र रिकन्डीसन सुपर बाइक खरिद गर्न सक्नेछन् ।

    एसजे मोटो १२ फेब्रुअरीमा सुरू भएको कम्पनीले जनाएको छ ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार