Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • जनार्दन शर्माको दावी – नेकपा विवादलाई थाती राखेर कुनैपनि निर्वाचन हुन सक्दैन

    जनार्दन शर्माको दावी – नेकपा विवादलाई थाती राखेर कुनैपनि निर्वाचन हुन सक्दैन

    अनलाइन नेपाल
  • मंगलबार, ४ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाको विवादलाई थाती राखेर निर्वाचन हुन नसक्ने दावी गरेका छन् ।

    नेकपा (प्रचण्ड–नेपाल) समूहको जिल्ला भेलामा सल्यान पुगेका शर्माले पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन हुन नसक्ने बताएका हुन् ।



    शर्माले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ । यस्तो अवस्थामा मध्यावधि हुन सक्दैन ।’



    ‘नेकपा भित्रको विवाद अहिले उत्कर्षमा पुगेको छ । पार्टीको आधिकारिकताको लागि विवाद निर्वाचन आयोगमा पुगेको छ । यस्तो अवस्थामा मध्यावधि निर्वाचन कुनै हालतमा हुन सक्दैन । यस्तो अवस्थामा पनि निर्वाचन गर्न खोजियो भने त्यसको हिसाबकिताब जनताले गर्नेछन् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार