Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रिसइवीका कारण  बलात्कारपछि हत्या

    प्रदर्शनमा सहभागी हुँदै आएका भागरथी हत्याका अभियुक्त यसरी परे जालमा , डिआईजीको सफल अनुसन्धान

    प्रदर्शनमा सहभागी हुँदै आएका भागरथी हत्याका अभियुक्त यसरी परे जालमा , डिआईजीको सफल अनुसन्धान

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 12.3K
    SHARES

    बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

    दुई साताअघि स्कुलबाट फर्कने क्रममा उनको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले हत्या अभियोगमा सबै प्रमाण जुटाएर एक जनालाई पक्राउ गरेको छ ।



    एउटै स्कुलमा पढ्ने आरोपी युवा दिनेश भट्टले भागरथीको हत्या गरेको स्विकारेका छन्।



    उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ भने बुधवार सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

    पक्राउ परेका युवकले अपराध स्वीकार गरेको र रिसइवीका कारण योजना नै बनाएर बलात्कारपछि भागरथीको हत्या गरेको अनुसन्धानमा खुलेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

    पक्राउ पर्ने युवा सनातन माविमै अध्ययनरत विद्यार्थी हुन् । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी  भागरथीको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो ।

    कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो । घटनास्थलको प्राबिधिक विवरण तथा अन्य प्रमाणले पनि भट्टको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

    उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा राखेर  पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरेको थियो  । अचम्म त के थियो भने भागरथीको  हत्या विरोधमा भएको  विद्यार्थीको प्रदर्शनमा पनि उनी सहभागी हुँदै आएका थिए ।

    डिआईजीको साबाधनी र गहिरो अनुसन्धान

    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी उत्तमराज सुवेदी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागीरथी भट्टको हत्याबारे अनुसन्धान गर्न आफै फिल्डमा खटिएका थिए ।

    भट्टको हत्या भएलगत्तै साबधानी अपनाएर स्थानको अध्ययन र प्राबिधिक पक्षको अनुसन्धानका लागि  डीआईजी सुवेदी घटनास्थलतर्फ लागेका थिए। उनी अनुसन्धानमा दख्खल प्रहरी अधिकारीका रुपमा चिनिन्छन्।

    धनुषामा प्रहरी प्रमुख छँदा बम काण्डका नाइके डन सञ्जय टक्ला जस्ता अपराधीलाई पक्राउ गरी सुबेदीले नै कानुनी दायरामा ल्याएका थिए।

    झण्डै तीन वर्ष अघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानमा लापरवाहि भएको भन्दै प्रहरीको चौतर्फी आलोचना भइरहेका बेला फेरि त्यस्तो घटना दोहोरिन नपाओस् भनी डिआईजी सुवेदी सतर्कता अपनाएर आफै फिल्डमा गएका थिए ।

    घटनाको अनुसन्धानका लागि सिआईबीको टोलीले पनि सघाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार