Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भागरथी हत्याका अभियुक्त पक्राउपछि डिआईजी सुवेदीलाई फूलमालासहित विदाई

    भागरथी हत्याका अभियुक्त पक्राउपछि डिआईजी सुवेदीलाई फूलमालासहित विदाई

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    बैतडी । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा दोषी पक्राउ परेसँगै स्थानीयले प्रहरीलाई फूलमालासहित स्वागत गरेका छन् ।

    भागरथी हत्या प्रकरणपछि आफै फिल्डमा खटिएका सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीसहितको प्रहरी टोलीलाई स्थानियबासीले फूलमाला लगाएर विदाई गरेका हुन् ।



    डिआईजी सुवेदीको टोली १३ दिनको लामो अनुसन्धानपछि दोषी पक्राउ गर्न प्रहरी सफल भएको थियो । प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा भागरथीकै भाई नाता पर्ने दिनेश भट्टलाई पक्राउ गरिसकेको छ ।



    भागरथी हत्याको अनुसन्धानमा डीआईजी सुवेदी,एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी, तथा सिआईबीको टोली खटिएको थियो ।

    घटनाको अनुसन्धानगर्न डीआईजी सुवेदी सहितका प्रहरी रातदिन निरन्तर अनुसन्धानमा खटिएर दोषी पत्तालगाएकोमा गाउँपालिका र स्थानीयवासीले फूलमाला पहिर्याएर प्रहरी टोलीलाई विदाई गरेको हो ।

    भागरथी हत्या आरोपमा प्रहरीले मङ्गलबार राति सोही गाउँकै दिनेश भट्टलाई पक्राउ गरेको छ ।

    पक्राउ परेका भट्ट दोगडाकेदार गाउँपालिका–७ का हुन् । उनी पनि भागरथीसँगै सनातन धर्म माविमाकक्षा ११ माअध्ययनरत छन् ।

    मङ्गलबार राति १० बजे घरबाटै पक्राउ परेका किशोरलाई जिल्लाप्रहरी कार्यालय ल्याईएको छ ।

    प्रहरी स्रोतकाअनुसार तीकिशोरले विद्यालयबाट घर फर्कदा भागरथीको बलात्कार र हत्या गरेको स्विकारि सकेका छन् ।

    भट्टले प्रहरीसामु पारिवारिक रिसईवीका कारण हत्या गरेको प्रारम्भीक बयान दिएका छन् ।

    दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट गत माघ २१ गते विद्यालयबाट घर फर्कदा बेपत्ता भएकी थिइन् ।

    भागरथीको शब भोली पल्ट माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लडालेक जंगलमा फेला परेको थियो ।

    डिआईजी सुवेदीले अनुसन्धानमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार लगायतका सबै पक्षबाट राम्रो साथ पाएकाले नै अपराधी पक्राउ गर्न सफल भएको प्रतिकृया दिएका छन् ।

    २ वर्ष वितिसक्दा पनि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका अभियुक्त पक्राउ पर्न नसक्दा सर्वसाधारणमा भागरथी प्रकरण पनि त्यस्तै हुने हो कि भन्ने आशंका थियो ।

    त्यस सँगसँगै नेपाल प्रहरीप्रति पनि विभिन्न शंका उत्पन्न भएको अवस्थामा भागरथी हत्या प्रकरणलाई किनारा लगाएर नेपाल प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी राख्दैन् भन्ने दृष्टान्त दिएको डिआईजी सुवेदीले बताए ।

    डिआईजी सुवेदीले निर्मला पन्तको घटना पनि चाँडो भन्दा चाँडो अनुसन्धान सकिएर दोषी कारवाहीको दायरामा आउने विश्वास व्यक्त गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार