Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भागरथी हत्या प्रकरण : पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीमा किटानी जाहेरी

    भागरथी हत्या प्रकरण : पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीमा किटानी जाहेरी

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या आरोपमा संलग्न अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको छ।

    दुई साताअघि स्कुलबाट फर्कने क्रममा उनको बलात्कारपछि हत्या भएको थियो । प्रहरीले हत्या अभियोगमा सबै प्रमाण जुटाएर दिनेश भट्टलाई पक्राउ गरेको छ ।



    बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्नताको आरोपमा पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ।



    भागरथीका दाई शंकर भट्टले दिनेशविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका हुन्। प्रतिशोध लिन आफुले भागिरथीको हत्या गरेको उनले स्वीकारेका छन् ।

    भागरथी हत्याको अनुसन्धानमा सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम  सुवेदी,एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, केन्द्रिय अनुसन्धान ब्यूरोका पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी, तथा सिआईबीको टोली खटिएको थियो ।

    प्रहरीले दुई बजे पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार