Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भागरथी हत्याका अभियुक्त सार्वजनिक : सडकबाट धकेलेर दुई हातले घाँटी थिची हत्या गरेको वयान

    भागरथी हत्याका अभियुक्त सार्वजनिक : सडकबाट धकेलेर दुई हातले घाँटी थिची हत्या गरेको वयान

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं ।  बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

    सुदुरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गरेका हुन । पत्रकार सम्मेलनमा डीआइजी उत्तमराज सुवेदीले  भट्टले हत्या गरेको स्वीकार गरिसकेको वताएका छन्।



    भट्टलाई पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको उनले वताए ।



    डीआइजी सुवेदीका अनुसार भट्ट १ बजेर ४५ मिनेटमा कक्षाबाट निस्किएर भागरथीलाई हत्या गर्ने योजना अनुसार घटनास्थलतर्फ गएका थिए ।

    भट्ट विद्यालयबाट बजारसम्म अन्य साथीहरुसँग गए पनि नजिकै रहेको बजारबाट भने एक्लै निस्किएको देखिएको छ। त्यसपछि भट्टले भागरथी आएपछि सडकबाट धकेलेर दुई हातले घाँटी थिचेर हत्या गरेका थिए ।

    अभियुक्तको घटनास्थलमा उपस्थितसँग सोधपुछका क्रममा देखिएका शंकास्पद आधार, प्राबिधिक पक्ष, अभियुक्तको साविती बयानलाई पक्राउको आधार बनाइएको डीआइजी उत्तमराज सुवेदीले थप वताए ।

    घटनामा अन्य व्यक्तिको संलग्नता रहेको भने अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

    कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन् । त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो । घटनास्थलको प्राबिधिक विवरण तथा अन्य प्रमाणले पनि भट्टको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

    उनलाई पक्राउ नगरी प्रहरीले केही दिन निगरानीमा राखेर पर्याप्त प्रमाण भेटिएपछि पक्राउ गरेको थियो  ।

    अचम्म त के थियो भने भागरथीको हत्या विरोधमा भएको विद्यार्थीको प्रदर्शनमा पनि उनी सहभागी हुँदै आएका थिए ।

    भागरथी हत्याको अनुसन्धानमा सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम  सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, केन्द्रिय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीको टोली खटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार