Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यी हुन् माइकल अल्वर्ट, चिठ्ठा परेको भन्दै महिलासँग लाखौं ठगी गर्दा सिआईबीको फन्दामा

    यी हुन् माइकल अल्वर्ट, चिठ्ठा परेको भन्दै महिलासँग लाखौं ठगी गर्दा सिआईबीको फन्दामा

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको छ भन्दै ठगी गर्ने १ जनालाई पक्राउ गरेको छ ।

    विभिन्न व्यक्तिहरुललाई आफू यूकेमा बसोबास गर्ने डा. माइकल अल्बर्ट भन्दै फेसबुक म्यासेन्जरमा साथी बनी ह्वाट्सअप नम्बर उपलब्ध गराई सोही नम्बरमार्फत ठगी धन्दा चलाउँदै आएका पर्वतका हरिप्रसाद बस्याललाई सिआईबीले पक्राउ गरेको हो ।



    टकलाक–४ पर्वत घर भएका बस्याललाई सिआईबीको टोलीले कालिगण्डकी गेष्ट हाउस गोंगबुबाट पक्राउ गरेको हो ।



    उनले महिलाहरुलाई आईफोन तथा विभिन्न उपहारका सामानहरु यूकेबाट पठाएको छ, उक्त सामान भारत हुँदै नेपाल ल्याउँदा भन्सार छुटाउने नाममा लाखौं रकम ठगी गरेका थिए ।

    यसरी नेपालस्थित एजेन्टहरुको खातामा जम्मा गरिदिनु वा तोकिएको व्यक्तिलाई रकम दिनु भन्दै उनले विभिन्न व्यक्तिको खातामा १० लाख ७० हजार रुपैयाँ जम्मा गर्न लगाएको समेत अनुसन्धानका क्रममा खुलेको सिआईबीका प्रमुख डिआईजी सहकुल थापाले बताए ।

    सिआईबीले उनलाई ५ लाख २० हजार रकम सहित पक्राउ गरेको छ । सिआईबीले उनको साथबाट विभिन्न व्यक्ति नाममा रकम जम्मा गरेको १० वटा बैंक भौचर समेच बरामद गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार