Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • निजी अस्पतालमा काम गर्ने डाक्टरको न्यूनतम तलब ४२ हजार निर्धारण

    निजी अस्पतालमा काम गर्ने डाक्टरको न्यूनतम तलब ४२ हजार निर्धारण

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब निर्धारण गरिएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार निर्धारण गरेको हो ।

    निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम तलब तोकिएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए ।



    उनका अनुसार यसअघि निजी संस्थामा न्यूनतम तलबमा एकरूपता थिएन । धेरैले निकै कम तलब दिने गरेको संघमा उजुरी परेको थियो । त्यसकारण न्यूनतम शुल्क तोक्नु परेको हो ।



    ‘अफिनले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरूमा पत्राचार गर्ने तयारी गर्दैछौं’ कार्कीले भने । संघ र अफिनको आज बसेको बैठकले डाक्टरहरूको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ ।

    बैठकले आजैको मितिदेखि लागू हुने गरी ओपीडीमा काम गर्ने चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार