Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • गृहमन्त्रीद्वारा भागरथी हत्याका अभियुक्तलाई पक्राउ गर्न सफल प्रहरी टिमलाई बधाई

    गृहमन्त्रीद्वारा भागरथी हत्याका अभियुक्तलाई पक्राउ गर्न सफल प्रहरी टिमलाई बधाई

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्तलाई पक्राउ गर्न सफल प्रहरी टिमलाई बधाई दिएका छन् ।

    बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले निकै संवेदनशील रहेको घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवादसमेत व्यक्त गरेका छन्।



    उनले भनेका छन् ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारवाहिको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद ।



    सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारवाहिको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहराउन चाहन्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार