Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • उत्तर कोरियामाथि अमेरिकी भ्याक्सिन चोरीको प्रयास गरेको आरोप

    उत्तर कोरियामाथि अमेरिकी भ्याक्सिन चोरीको प्रयास गरेको आरोप

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    एजेन्सी । उत्तर कोरियालाई अमेरिकी औषधी कम्पनी फाइजरको कोभिड–१९ भ्याक्सिन प्रविधि चोर्ने प्रयास गरेको आरोप लागेको छ ।

    दक्षिण कोरियाली गुप्तचर अधिकारीहरुले यस्तो आरोप लगाएका भएपनि अहिलेसमम कुनै डाटा चोरी भएको वा नभएको विषय स्पष्ट भने भएको छैन् ।



    दक्षिण कोरियाली न्युज एजेन्सी योनहपका अनुसार यस विषयमा दक्षिण कोरियाली राष्ट्रिय गुप्तचर अधिकारीहरुले विधायकहरुलाई गोप्य जानकारी दिएका छन् । अमेरिकी कम्पनी फाइजरले भने अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेको छैन ।



    उत्तर कोरियामा कोरोना भाइरसको एउटै पनि संक्रमण भएको घटना अहिलेसम्म बाहिरिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार