Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बुधबार थपिए १२५ कोरोना संक्रमित, ९१ जना डिस्चार्ज

    बुधबार थपिए १२५ कोरोना संक्रमित, ९१ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार ३९४ पुगेको छ ।



    यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।



    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएको छैन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै हिजो नेपालमा १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार