Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिरुद्ध ग्यास सिलिन्डरसहित प्रदर्शन गरेको छ ।

    जसपाले काठमाडौंको माइतीघरमा थाल, चम्चा र ग्यास सिलिन्डरसहित विरोध विरोध जनाएको हो ।



    सरकारले सातामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै जसपाले नाराबाजीसहित थाल, चम्चा र ग्यासको खाली सिलिन्डरसहित प्रदर्शन गरेको हो ।



    जसपाले मूल्यवृद्धि फिर्ता, संसद् पुनःस्थापन गर, खाद्यान्नलगायत महत्त्वपूर्ण सामानको मूल्यवृद्धिमा नियन्त्रण गर, पहिचानमा आधारित संघीयताको पुनर्संरचना गर, राष्ट्रपति संस्थाको मर्यादा कायम गर, महिला हिंसा र जातीय विभेद अन्त्यको मागसहित जसपाका नेता(कार्यकर्ताहरु प्रदर्शनमा सहभागी थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार