Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्रीसँग जापानी राजदूतको बिदाइ भेट

    प्रधानमन्त्रीसँग जापानी राजदूतको बिदाइ भेट

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेका छन् ।

    राजदूत साइगो आफ्नो दुई वर्ष नौ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन् ।



    भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गर्दै यस अवधिमा नागढुङ्गा सुरुङलगायतका विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेल्नुभएको भूमिकाका लागि धन्यवाद व्यक्त गरेका थिए ।



    आगामी दिनमा यी दुई घनिष्ट मित्र देशबीच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुखस्तरको भ्रमण आदानप्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे ।

    त्यस्तै राजदूत साइगोले आफ्नो कार्य अवधिभर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार