Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गुल्मीमा जिप दुर्घटनाः मृतकको संख्या ३ पुग्यो

    गुल्मीमा जिप दुर्घटनाः मृतकको संख्या ३ पुग्यो

    अनलाइन नेपाल
  • बुधबार, ५ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    गुल्मी । गुल्मीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार दुर्घटनामा मृत्यु हुनको संख्या ३ पुगेको हो । पाण्डेका अनुसार १ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको हो ।



    दुर्घटनामा परेका अन्य घाइतेको उपचार भैरहेको डिएसपी पाण्डेले जानकारी दिए । दुर्घटनामा परेको उक्त जिपमा १० जना सवार थिए ।



    सदरमुकाम तम्घासबाट रेसुंगा नगरपालिका १४ परालमी जाँदै गरेको लु १ ज १९८८ नम्बरको जिप वडा कार्यालय नजिकै दुर्घटना भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार