Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहनिकट विद्यार्थीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसअगाडि विरोध प्रदर्शन गरेको हो ।

    प्रदर्शनकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए । अनेरास्ववियुले प्रतिनिधिसभा विघटन र पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध बिहीबार देशभरका क्याम्पसमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।



    सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोल १ सय १४ रुपैयाँ, डिजेल ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ । आयल निगमले कायम गरेको पेट्रोलको मूल्य साढे २ वर्षयताकै उच्च हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार