Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • मुल्यबृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

    मुल्यबृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियुद्वारा आयल निगम घेराउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले नेपाल आयल निगम घेराउ गरेको छ ।

    सातामै २ पटक सम्म मूल्य बृद्धि गरेको भन्दै अनेरास्ववियूले विरोध स्वरुप आयल निगम घेराउ गरेको जनाएको छ ।



    विद्यार्थीहरुले निगमअगाडी सरकार विरुद्ध चर्को नाराबाजी गर्दै मुल्यबृद्धि खारेज गर्न माग गरेका थिए ।



    निगमले एकै हप्तामा २ पटक पेट्रोल, मट्टितेल र ग्याँसको भाउ बढाएको थियो ।

    बढ्दो महँगी विरुद्ध अनेरास्ववियुले विहिबार विहानै कलेज तथा क्याम्पसअगाडी प्रदर्शन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार