Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • अभियुक्तको बयानपछि भेटियो भागरथीको घडी

    अभियुक्तको बयानपछि भेटियो भागरथीको घडी

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । प्रहरीले बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका किशोरको बयानको आधारमा घटनास्थल नजिकैबाट भागरथीको घडी भेट्टाएको छ।

    प्रहरी स्रोतका अनुसार सोधपुछका क्रममा ती किशोरले भागरथीको हत्यापछि उनको घडी घटनास्थलभन्दा केही तल फालेको बयान दिएका थिए । उनको बयानको आधारमा खोजतालस गर्दा घडी फेला परेको प्रहरीको भनाइ छ ।



    प्रहरीले भागरथीको हत्या आरोपमा उनी अध्ययनरत सनातन धर्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ । भागरथी त्यही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् । व्यक्तिगत रिसिइबीको कारण आफूले भागरथीको हत्या गरेको ती किशोरले बयान दिएक छन् ।



    माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी साँझसम्म घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे शव भट्टाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार