Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रतिनिधि सभा विघटनको बिरोधमा मानव साङ्लोले टुँडिखेल घेराउ

    प्रतिनिधि सभा विघटनको बिरोधमा मानव साङ्लोले टुँडिखेल घेराउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमारनेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद् पुनर्स्थापनाको माग गर्दै काठमाडौं‌को टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध प्रदर्शन गरेको छ ।

    संसद् विघटन, महिला हि‌ंसा, महँगी र भ्रष्टाचारका मुद्दासमेत जोडिएको यो प्रदर्शनमा नेकपाका कार्यकर्ताहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा सहभागी थिए ।



    समूहको चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार मानव साङ्लोसहितको प्रदर्शन गरिएको हो ।



    समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार