Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या गरेको आरोपीत किशोरद्वारा स्वीकार

    भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या गरेको आरोपीत किशोरद्वारा स्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, ६ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले किशोरीको बलात्कारपछि हत्या गरेको बताएका छन् ।

    सरकारी वकिलले बिहीबार लिएको बयानका क्रममा उनले आफूले भागरथीलाई बलात्कारसमेत गरेको स्वीकार गरेका हुन् । यसअघि उनले आफूले हत्यामात्रै गरेको बताएका थिए ।



    अभियुक्त किशोरका बुबालाई समेतसँगै राखेर सरकारी वकिलले लिएको बयानका क्रममा उनले बलात्कार गरेको स्वीकार गरेका हुन् ।



    स्रोतका अनुसार किशोरका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेको थियो । सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

    बैतडीको दोगडाकेदारकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दोगडाकेदारकै १६ वर्षीय किशोरलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार