Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भट्टले बुवाकै सामुन्ने बलात्कारसमेत स्वीकारेपछि भागरथीका परिवार शव बुझ्न सहमत

    भट्टले बुवाकै सामुन्ने बलात्कारसमेत स्वीकारेपछि भागरथीका परिवार शव बुझ्न सहमत

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६ वर्षीय किशोरले आफूमा बदलाको भावना रहेको र  भागरथीको बलात्कारपछि हत्या गरेको वताएपछि भागरथीका परिवार सव बुझ्न सहमत भएका छन्।

    भागरथी हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका दिनेश भट्टले सरकारी वकिल कार्यालयमा दिएको वयानमा बलात्कार गरेको समेत स्वीकार गरेका छन्।



    पारिवारिक रिसाइबीका कारण भागरथीको हत्या गरेको तर बलात्कार नगरेको साविती बयान दिएका दिनेशले सरकारी वलिकको कार्यालय बैतडीमा आफ्ना बुवाकै अगाडि भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका  हुन ।



    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आफ्नै बुवाका अघि सरकारी वकिल सामू भट्टले बलात्कारबारे बयान दिएका हुन ।

    भट्टले घटना आफू एक्लैले गरेकोसमेत स्वीकारेका छन्।

    भट्टलेअभियोग स्वीकापछि  भागरथीका परिवार उनको शव बुझ्ने भएका छन्।  मृतक भागरथीका दाजु केशव भट्टले १४ दिनदेखि जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको भागरथीको पार्थिव शरीर बुझेर आजै अन्तिम संस्कार गरिने कार्यक्रम रहेको वताएका छन् ।

    भट्टका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेको थियो । सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ ।

    माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी साँझसम्म घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे शव भट्टाएको थियो ।

    भट्टकै बयानको आधारमा प्रहरीले बिहीवार घटनास्थल नजिकैबाट भागरथीको घडी भेट्टाएको छ।

    प्रहरी स्रोतका अनुसार सोधपुछका क्रममा ती किशोरले भागरथीको हत्यापछि उनको घडी घटनास्थलभन्दा केही तल फालेको बयान दिएका थिए ।

    उनको बयानको आधारमा खोजतालस गर्दा घडी फेला परेको प्रहरीको भनाइ छ ।

    घटनास्थलको प्राबिधिक विवरण तथा अन्य प्रमाणले पनि भट्टको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।

    भागरथी हत्याको अनुसन्धानमा सुदुरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तम  सुवेदी, एसएसपी जनकराज पाण्डे, एसएसपी मुकेशकुमार सिंह, केन्द्रिय अनुसन्धान ब्यूरोका डीएसपी पञ्चकुमार बाखु, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीको टोली खटिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार