Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • निर्वाचन आयोगले असहयोग गर्न लागेपछि प्रचण्ड-माधव समूहको आकस्मिक बैठक

    निर्वाचन आयोगले असहयोग गर्न लागेपछि प्रचण्ड-माधव समूहको आकस्मिक बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । संसद बिघटनबिरुद्द निरन्तर बिरोध प्रदर्शन गर्दै आएको नेकपा प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

    यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो ।



    संसद् विघटनविरुद्ध चौथो चरणको आन्दोलन गरिरहेको यो समूहले निर्वाचन आयोगमा गएको २० माघमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले थप प्रक्रिया अगाडि बढाएको छैन । बरु, मध्यावधि निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार