Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कोरोना अपडेटः ९७ जनामा संक्रमण, ११४ डिस्चार्ज, ३ जनाको मृत्यु

    कोरोना अपडेटः ९७ जनामा संक्रमण, ११४ डिस्चार्ज, ३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपालमा आज थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख ६९ हजार ६१९ पुगेको छ ।



    यसैगरी आज देशभर सक्रिय संक्रमितको संख्या १ हजार १८३ रहेको छ ।



    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै हिजो नेपालमा ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार