Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • भागरथीको हत्या भएको १७औँ दिनमा आफन्तले शव बुझे, आजै दाहसंस्कार गरियो

    भागरथीको हत्या भएको १७औँ दिनमा आफन्तले शव बुझे, आजै दाहसंस्कार गरियो

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन् । हत्या भएको १७औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् ।

    शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । भागरथीको शव आजसम्म जिल्ला बैतडीको शवगृहमा राखिएको थियो । भागरथीको शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो ।



    गत माघ २२ गते वीभत्स र निर्वस्त्र अवस्थमा मृत भेटिएपछि अपराधीको पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनका शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले बुधबार चडेपानीकै एक किशोरलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो ।



    भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने आरोपीत किशोरले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेको थियो ।

    भागरथीको शव बैतडी जिल्ला अस्पतालबाट सिधै महाकालीको घाटमा लगिएको थियो। परम्परा अनुसार, विवाह नगरेकी छोरीको शव सेरा घाटमा गाडिएको छ। भागरथीको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले ५ लाख दिने घोषणा गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार