Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • देशमा राष्ट्रपति र प्रधानमन्त्रीको ‘गुण्डागर्दी’ चलिरहेको छः प्रचण्ड

    देशमा राष्ट्रपति र प्रधानमन्त्रीको ‘गुण्डागर्दी’ चलिरहेको छः प्रचण्ड

    संसद् पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘गुण्डागर्दी’ चलिरहेको आरोप लगाएका छन् ।

    बाराको सिमरामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले मुलुकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको ‘गण्डागर्दी’ चलिरहेको दावी गरेका हुन् ।



    सम्बोधनका क्रममा उनले चुनाव हुनेमा आफूहरुलाई रतिभर पनि विश्वास नभएको बताउँदै संसद् पुनर्स्थापना नभए तोकिएको समयमा निर्वाचन नहुने बताए ।



    ‘संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेछ, यसतर्फ सरकार बेलैमा सचेत हुनुपर्छ ।’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार