Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुवास नेम्वाङ भन्छन् – संसद विघटन सदर हुनेमा दुई सय प्रतिशत विश्वस्त छु

    सुवास नेम्वाङ भन्छन् – संसद विघटन सदर हुनेमा दुई सय प्रतिशत विश्वस्त छु

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    मोरङ। नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवास नेम्वाङले सर्वोच्च अदालतबाट संसद विघटन सदर हुनेमा सयमा दुई सय प्रतिशत विश्वस्त रहेको बताएका छन् । सर्वोच्चमा विचाराधीन मुद्दामा आफुले धारणा नराख्ने भन्दै नेम्वाङले भने ‘म बोल्दिनँ, सम्माननीय प्रधानमन्त्रीले भन्नुभएको छ । लोकतन्त्रमा जनताको बीचमा नगएर कहाँ जाने रु प्रधानमन्त्री सयमा दुई सय प्रतिशत विश्वस्त हुनुपर्छ । प्रधानमन्त्रीमाथि मलाई साह्रै विश्वास छ ।’

    ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेम्वाङले सर्वोच्चले फैसला गरेको भोलिपल्ट सबै दलले निर्वाचनमा होमिने निर्णय गर्ने बताए । उनले निर्वाचनको तयारीमा लाग्न आह्वानसमेत गरे ।



    उनले सरकारलाई काम गर्नै नदिएका कारण संसद विघटन भएको दाबी गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार