Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • पौडेलको आशंका – ‘कतै सर्वोच्चसँग सभापति देउवाको सेटिङ त हैन’?

    पौडेलको आशंका – ‘कतै सर्वोच्चसँग सभापति देउवाको सेटिङ त हैन’?

    अनलाइन नेपाल
  • शनिबार, ८ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले अदालतलाई खबरदारी गर्नैपर्ने बेला आएको वताएका छन्।

    सभापति शेरबहादुर देउवाको संसद विघटनसम्बन्धी भनाइमाथि प्रश्न गर्दै पौडेलले कतै सर्वोच्चसँग सभापतिको सेटिङ त हैन भनी आशंका गरेका छन्।



    नेपाली कांग्रेस सुनसरीले शनिवार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले संसदको विघटन सामान्य विषय नभएको उल्लेख गरे



    वरिष्ठ नेता पौडेलले भने ‘अहिले अदालतका बारेमा किन बोल्ने भनिदैछ?  कांग्रेसको इतिहास खोजौँ कहाँ के के भएको छ। हामीले किन नबोल्ने?  हामी त जनता हौँ’, हामी बेखबर बस्न मिल्दैन।  कांग्रेसले अदालतलाई पनि खबरदारी गर्नुपर्छ। अहिले मलाई प्रश्न गर्न मन लागेको छ। अदालतसँग सेटिड हो?  होइन भने किन अदालतले जे गर्छ त्यही हुन्छ भनिदैछ ?’ उनले संसद विघटन सामान्य विषय नभएपनि केपी शर्मा ओलीलाई यसको हिम्मत कसरी आयो?  भनी प्रश्नसमेत गरे।

    कांग्रेसले अदालतलाई खबरदारी गर्नैपर्ने उनको भनाइ थियो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले यस कदमलाई असंवैधानिक भन्दै विरोध जनाएको छ।

    संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि कांग्रेसमा देउवा र पौडेलबीच आरोप-प्रत्यारोप चल्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार