Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • भारतसँग खरिद गरिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुग्यो

    भारतसँग खरिद गरिएको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौं आइपुग्यो

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं। भारतसँग खरिद गरिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज आइतबार काठमाडौं आइपुगेको छ ।

    सरकारले  सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप काठमाडौं आइपुगेको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले १० लाख डोज (मात्रा) को पहिलो खोप ल्याइएको बताए । दिल्लीबाट एयर इण्डियाको जहाजबाट उक्त खोप काठमाडौं ल्याइएको हो ।



    सरकारले २० लाख डोज खोपका लागि करिब ९३ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

    आइतबार दश लाख डोज कोभिसिल्ड खोप आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिए ।

    एयर इन्डियाको उडानमार्फत खोप ल्याइएको हो । सरकारले २३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो ।

    २३ फागुनबाट ५५ वर्षमाथि उमेर समूहमा खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार