Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रदेश २ सरकारद्वारा राजेश अहिराजलाई स्वागत नगर्ने निर्णय

    प्रदेश २ सरकारद्वारा राजेश अहिराजलाई स्वागत नगर्ने निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 3K
    SHARES

    जनकपुर । प्रदेश २ सरकारले प्रमुखमा नियुक्त भएका राजेश झा ‘अहिराज’लाई स्वागत नगर्ने निर्णय गरेको छ । दलित समुदायका तिलक परियारलाई प्रदेश प्रमुखबाट हटाएर उच्च जातिका झालाई नियुक्त गरेको भन्दै नवनियुक्त प्रदेश प्रमुख झालाई प्रदेश सरकारले स्वीकार नगर्ने भएको छ ।

    नेकपाभित्र प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को झगडाका कारण परियारलाई हटाएर  ओलीले आफू निकटका राजेश झा ‘अहिराज’लाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए । प्रदेश २ सरकारका भूमि, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादवले प्रतिगमनका मतियारहरुको देशभर तिरस्कार हुँदै गर्दा प्रदेश २ सरकारले त्यस्ताको स्वागतका लागि रातो कार्पेट ओछ्याउँछ भनेर सपना नदेख्न आग्रह गरे ।



    प्रदेश प्रमुखको कार्यालयले भने नयाँ प्रदेश प्रमुखको स्वागतका लागि तयारी थालेको छ । प्रदेश सरकारका मुख्य सचिव तथा कर्मचारीहरु प्रदेश प्रमुख झाको स्वागतका लागि एयरपोर्ट गए पनि नेकपा ओली समूह कार्यकर्ताहरु पनि स्वागतका लागि गएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार