Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रचण्ड–नेपाल समूहको प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई चयन

    प्रचण्ड–नेपाल समूहको प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई चयन

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले प्रेस संगठन नेपालको इन्चार्जमा स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई चयन गरेको छ ।

    पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा केपी शर्मा ओली समूहमा लागेपछि सो पदमा भट्टराईलाई जिम्मेवारी तोकिएको हो । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए ।



    यस्तै महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र विष्णुप्रसाद सापकोटा जुगल र महासचिवमा राजेश राई चयन भएका छन् । १९ सदस्यीय केन्द्रीय कार्यालय पनि विस्तार गरिएको छ ।



    केन्द्रीय कार्यालय सदस्यमा पूर्वएमालेबाट सइन्द्र राई, नरेन्द्र साउद, रामकुमार एलन, अमृतनाथ तिमल्सिना, शुरोजंग पाण्डे, हेमकर्ण विक र चमिना भट्टराई छन् ।

    पूर्वमाओवादीबाट मनोज घर्तिमगर, देवराम यादव, कमल गिरी, विवेक गौतम, मौसम रोकामगर, सुरेशचन्द्र अधिकारी, गंगा बराल र ध्रुव बुढाथोकी छन् । केन्द्रीय कार्यालय प्रचण्ड र माधव नेपालका तर्फबाट ५०/५० प्रतिशतको अनुपातमा बनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार