Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सिआईबीद्वारा बैकिंङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

    सिआईबीद्वारा बैकिंङ कसूर मुद्दाका फरार प्रतिबादी पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 2.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई आइतबार  पक्राउ गरेको छ ।

    सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए ।



    बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले ७ दिन कैद र २१ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहाका सुधिरलाई प्रहरी सिआईबीबाट खटिएको प्रहरीले काठमाडौं ठमेलबाट पक्राउ गरेको हो ।



    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको सिआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार