Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मेसीले खेले बार्सिलोनाका लागि कीर्तिमान खेल

    मेसीले खेले बार्सिलोनाका लागि कीर्तिमान खेल

    अनलाइन नेपाल
  • आइतबार, ९ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    म्याड्रिड । लियोनल मेसीले बार्सिलोनाका लागि आइतबार कीर्तिमान खेल खेलेका छन् ।

    मेसीले बार्सिलोनाका लागि खेलेको ५०६ औं खेलसँगै उनी बार्सिलोनाका लागि लिगमा सर्वाधिक खेल खेल्ने कीर्तिमानी खेलाडी भएका छन् ।



    यसक्रममा उनले बार्सिलोनाका लागि ज्याभी हर्नान्डेजको नाममा रहेको ५०५ खेलको कीर्तिमानलाई उछिनेका छन् । तर बार्सिलाना भने खेलमा १–१ को बराबरीमा रोकियो ।



    एलेक्स फर्नान्डजले ८९ औं मिनेटमा काडिजका लागि बराबरी गोल गरे । यसअघि मेसीले ३२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

    बराबरीको नतिजापछि काडिज लिगमा लगातार चौथो हार रोक्न सफल रह्यो । तर पनि टिम रेलिगेसन क्षेत्रबाट खालि चार अंकमात्र अगाडि छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार