Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको ‘आकस्मिक निरीक्षण’मा रोक

    इरानद्वारा राष्ट्रसंघीय अनुगमनकर्तालाई परमाणु केन्द्रको ‘आकस्मिक निरीक्षण’मा रोक

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 1.2K
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रमुखले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको अनुगमन गर्न दिन इरान सहमत भएको बताएका छन्।

    तर हतारमा गरिएको उक्त सम्झौताले इन्टरन्याश्नल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का निरीक्षणकर्ताहरूलाई अब अनुगमनको कम मात्र पहुँच हुनेछ।



    त्यस्तै उनीहरूको आकस्मिक निरीक्षण गर्न पनि पाउने छैनन्।



    इरानले मङ्गलबारबाट निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्दैछ।

    सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेर तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले लगाएका प्रतिबन्धहरू अमेरिकाले नहटाएकाले इरानले यो कदम चालेको हो।

    आईएईएसँगको सम्झौतापछि अब तेहरान र वाशिङ्गटनलाई सम्झौतामा पुग्न थप समय प्राप्त भएको छ।

    ट्रम्प प्रशासनले इरानमाथि पुन: प्रतिबन्धहरू लगाएपछि इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौता अनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो।

    इरानी अडान

    इरानले अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्ने बताएको छ।

    अमेरिकी राष्ट्रपति जो बाइडनले चाहीँ इरानले पहिले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने बताएका छन्।

    इरानको परमाणु कार्यक्रम करिब २० वर्षदेखि अन्तर्राष्ट्रिय मुद्दा बन्दै आएको छ।
    इरान

    इरानले आफ्नो परमाणु कार्यक्रमलाई शान्तिपूर्ण बताउँदै आएको छ। तर अमेरिका र अन्यले चाहीँ उसले गोप्य रूपमा आणविक हतियार बनाउन खोजीरहेको भन्दै शङ्का व्यक्त गर्ने गर्छन्।

    इरानको पछिल्लो कदम के हो?

    इरानको संसद्‌ले मङ्गलवार पारित गर्ने एउटा कानुनअनुसार सरकारले आईएईएका निरीक्षणकर्ताहरूलाई छोटो सूचनामा नै घोषित वा अघोषित परमाणु केन्द्रहरूको अनुगमन गर्नका लागि रोक्नुपर्नेछ।

    इरानमा भएका वार्ताहरूपछि आईएईएका प्रमुख राफाएल ग्रोसीले तेहरानमा भने, “यो कानुन अस्तित्वमा छ। यो कानुन लागु हुन गइरहेको छ त्यो भनेको, मलाई पछुतो छ, ‘एडिसनल प्रोटोकल’ निलम्बित भएको छ।”

    ‘एडिसनल प्रोटोकल’ले आईएईएलाई कुनै देशले पहिले नै घोषणा गरेका वा नगरेका परमाणु केन्द्रहरूको आकस्मिक अनुगमन गर्न दिन्छ।

    सन् २०१५ को सम्झौता अनुसार इरान यस्तो अनुगमन गर्न दिन सहमत भएको थियो।

    त्यसअघि उसले सन् २००६ मा त्यसलाई निलम्बन गरेको थियो।

    गत वर्ष इरानले दुईवटा शङ्कास्पद क्षेत्रमा आईएईएका अनुगमनकर्ताहरूलाई जान रोकेको थियो।

    ग्रोसीले तीन महिने सम्झौता अस्थायी भएको बताए। यद्यपि उनले स्थिर र दिगो अवस्था बनाउनका लागि राजनीतिक सम्झौता हुनुपर्ने आवश्यकता औँल्याए। बीबीसी नेपालीबाट

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार