Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • तिहारमा अक्षय र साहिदको भिडन्त पक्का

    तिहारमा अक्षय र साहिदको भिडन्त पक्का

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 2.1K
    SHARES

    सन् २०२१ मा बलिउडका स्टार कलाकारहरुको भिडन्त हुने देखिएको छ । गतबर्ष चलचित्र नै रिलिज हुन नपाएपछि यो बर्ष धेरै चलचित्रहरु थुप्रिएका छन् । जसलेगर्दा, बक्स अफिस भिडन्त पक्का जस्तै छ ।

    सन् २०२१ को तिहारमा नायक साहिद कपुर अभिनित चलचित्र ‘जर्सी’को निर्माणपक्षले प्रदर्शन मिति तय गरेको थियो । बलिउड मेकरहरु तिहारलाई राम्रो कमाई गर्ने पर्वको रुपमा पनि हेर्छन् । यसैले पनि साहिद कपुरको अभिनय रहेको क्रिकेटको कथामा बनेको चलचित्र ‘जर्सी’को निर्माणपक्षले तिहारलाई लक्षित गर्दै प्रदर्शन मिति तय गरेको थियो ।



    \अब, यही मितिमा नायक अक्षय कुमार अभिनित चलचित्र ‘पृथ्विराज’ रिलिज हुने पक्का भएको छ । यशराज ब्यानरले सन् २०२१ म आधा दर्जन चलचित्र रिलिज गर्ने तयारी गरेको छ । जसमा, अक्षय अभिनित चलचित्र ‘पृथ्वीराज’लाई तिहारमा रिलिज गर्ने उल्लेख छ ।



    यसैले पनि बलिउडका दुई चर्चित स्टारहरु अक्षय कुमार र साहिद कपुर पर्दामा एकसाथ भिड्नेछन् । यसले, दुबै चलचित्रको बक्स अफिसलाई असर पर्ने निश्चित छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार