Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच आकस्मिक भेट

    प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच आकस्मिक भेट

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 2.3K
    SHARES

    काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सर्वोच्च अदालतमा भेटवार्ता भएको छ । सोमबार दिउँसो सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटघाट भएको वताइएको छ ।

    प्रहरी स्रोतका अनुसार थापा १ बजेर १० मिनेट जाँदा सर्वोच्च अदालतमा प्रवेश गरेका थिए।



    सर्वोच्च अदालत पछाडि सेनाको क्याभलरी रहेको जग्गा सर्वोच्चका नाममा नामसारी गर्ने विषयमा जबरा र थापाबीच छलफल भएको स्रोतको भनाइ छ। प्रधानन्यायाधीश  जबराको आग्रहमा प्रधानसेनापति  थापा सर्वोच्चमा पुगेका हुन।



    नेपाली सेनाको क्याप्लरी रहेको सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेको छ ।

    यसबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएका थिए ।

    संसद विघटनको मुद्दामा बहस सकिएर निर्णयको क्रममा रहेको बेला  प्रधानन्यायाधीश र प्रधानसेनापति बीचको भेटलाई रहस्यमय रुपमा लिइएको छ ।

    यता सर्वोच्चको भवन निर्माणसम्बन्धी प्राविधिक प्रस्तावबाट समानान्तर जेभी छनोट भई आर्थिक प्रस्ताव पेश गर्न भनिएको छ ।

    समानान्तर निर्माण सेवालाई  ठेक्का दिने तयारी भएको छ ।

    सेनाले फाष्ट ट्रयाकको दुईवटा प्याकेजको ठेक्काको प्राविधिक प्रस्तावबाट दुईवटा चिनियाँ कम्पनी छनोट गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार