Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • वार्ताको चर्चा चलिरहँदा किन पक्राउ परे धर्मेन्द्र बाँस्तोला ?

    वार्ताको चर्चा चलिरहँदा किन पक्राउ परे धर्मेन्द्र बाँस्तोला ?

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं। सरकार र नेकपा बिप्लब समूहबीच वार्ताको चर्चा चलिरहेको बेला  विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला फेरी पक्राउ परेका छन् ।

    बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपनि प्रहरीले फेरि पक्राउ गरेको हो ।



    सर्वोच्चमा अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा गर्न आदेश दिएको थियो ।
    तर, अदालतको आदेशमा रिहा भएलगत्तै प्रहरीले सर्वोच्च परिसरबाट पक्राउ गरेको हो ।



    ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका वास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

    काभ्रेमा बाँस्तोलामाथि मुद्दा रहेकाले पक्राउ गरी त्यतै पठाउने तयारी भइरहेको महानगरिय प्रहरी परिसर काठमाडौंका  प्रमुख एसएसपी अशोक सिंहले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार