Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चितुवा मारेर छाला विक्री गर्न खोज्दा यसरी प्रहरीको फन्दामा पर्‍यो गिरोह

    चितुवा मारेर छाला विक्री गर्न खोज्दा यसरी प्रहरीको फन्दामा पर्‍यो गिरोह

    अनलाइन नेपाल
  • सोमबार, १० फाल्गुन २०७७
  • 2.5K
    SHARES

    बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छाला सहित ३ जनालाई आइतबार साँझ  पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-७ वस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।





    चितुवाको छाला ओसारपसार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

    जीतबहादुर बन्यजन्तुका छाला र अंग खरिद विक्री कारोबारी रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी ओम रानाले वताए।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको एक लाखदेखि २५ लाख सम्म जरिवाना र एक वर्षदेखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार