Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालयमा उपस्थित

    श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालयमा उपस्थित

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    कञ्चनपुर । कञ्चनपुरमा एक महिलाले श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालय पुगेकी छन् ।

    जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीले आफ्नै श्रीमान् ३० वर्षीय ओम कुमार चौधरीको मंगलबार बिहान धारिलो हतियार फरुवाले प्रहार गरी हत्या गरेकी हुन् ।



    हत्यापछि श्रीमती स्वयम् इलाका प्रहरी कार्यालय बेलौरीमा गई आफुले श्रीमानको हत्या गरेको जानकारी गराएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले बताए ।



    जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्दा महिलाका श्रीमानको शव हत्या गरिएको अवस्थामा ओछ्यानमै भेटिएको थियो ।
    श्रीमानले अर्को विवाह गरी कान्छी श्रीमतीलाई काठमाण्डौँमा राखेको आरोपमा उनको हत्या गरेको श्रीमती बसन्ती चौधरीले स्वीकार गरेकी छिन् ।

    प्रहरीले उनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार