Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सिराहामा बस दुर्घटना, १३ जना घाइते

    सिराहामा बस दुर्घटना, १३ जना घाइते

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    लहान । सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ ।



    बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे ठोक्किएको थियो । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।



    यसैगरी सिरहाको गोलबजार नगरपालिका ४ पुरानो बसपार्कमा गएराति मोटरसाइकल र कार आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । प्रदेश २ ०१ ००१ प ६६५ र प्रदेश ३ ०१ ०२४ च २३१३ नम्बरको कार आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएको र दुवैलाई उपचार गर्न भुमिजा अस्पताल पठाइएको सिरहा प्रहरीले जनाएको छ।दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार