Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सेनापति र प्रधानन्यायाधीशबीचको भेटले उठाएको प्रश्न

    सेनापति र प्रधानन्यायाधीशबीचको भेटले उठाएको प्रश्न

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार दिउसो सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेट गरेसँगै राजनीतिक बृत्तमा हलचल मच्चिएको छ ।

    नेपालमा हरेक राजनीतिक परिवर्तनका बेला नेपाली सेनाको भूमिका भूमिका महत्वपूर्ण रहँदै आएको छ ।



    अहिले पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेका बेला प्रधानसेनापति थापा सर्वोच्च अदालत पुग्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने पुस ५ को कदम अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।

    केही दिनभित्रै यस विषयमा फैसला आउने अनुमान भइरहेका बेला थापा सर्वोच्च अदालत पुगेका हुन् ।

    प्रधानन्यायाधीश जबराले जग्गाको विषयमा कुरा गर्न प्रधान सेनापति थापालाई बोलाएको जनाएपनि भेटको रहस्य अर्कै हुन सक्ने भन्दै राजनीतिक बृत्तमा चर्चा चलिरहेकै छ ।

    सेनाको घोडा बाँध्ने तबेला रहेको स्थान खाली नगरेको र त्यसले भवन बनाउन समस्या परेकाले अदालत आफैंले प्रधानसेनापतिलाई बोलाएको सर्वोच्चको दाबी छ।

    नेपाली सेनाले घोडा बाँध्न प्रयोग गर्दै आएको जग्गा सर्वोच्चले प्राप्त गरिसकेको तर सेनाले संरचना नहटाएकाले छिटो हटाएर सहयोग गरोस् भन्ने उद्देश्यले प्रधानसेनापतिलाई बोलाइएको सर्वोच्चको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार