Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एनसेल काण्ड :

    रिहा भए लगत्तै पक्राउ परेका चन्द समूहका नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    रिहा भए लगत्तै पक्राउ परेका चन्द समूहका नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । एनसेल काण्डमा रिहा भए लगत्तै पक्राउ परेका प्रतिवन्धित नेत्रविक्रम चन्द समूहको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का स्थायी कमिटी सदस्यलाई पुनः रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

    न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले सोमबार स्थायी कमिटी सदस्य धमेन्द्र बाँस्तोलालाई थुनामुक्त गर्न आदेश जारी गरेको हो ।



    बाँस्तोलामाथि नक्खुस्थित एनसेल टावरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आरोप छ ।



    आदेशमा सर्वोच्च अदालतका रजिष्ट्रारको रोहवरमा थुनामुक्त गर्न भनिएको छ ।

    आदेशमा भनिएको छ–‘बिनाआधार कारण थुनामा राखेकामा यसअघि पनि बन्दीप्रत्यक्षीकरणको आदेश जारी भएकामा निज मुक्त नभई हालसम्म थुनामा रहेको देखिन्छ, अदालतका रजिष्ट्रारको रोहवरमा गैरकानूनी थुनामा राखिएका बाँस्तोलालाई थुनाबाट मुक्त गरिदिनु ।’

    यसअघि बाँस्तोलाई गत माघ १५ गते र २२ गते थुनामुक्त गराउन अदालतले आदेश जारी गरेको थियो तर अदालतको आदेशलगत्तै उनी पक्राउ परेका थिए ।

    चन्द समूहका पश्चिम कमाण्ड इन्चार्ज रहेका बाँस्तोलाको तर्फबाट हिमा बाँस्तोलाले सर्वोच्चमा बन्दप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

    बाँस्तोलासहित चार जना गत पुस २९ गते ललितपुरबाट पक्राउ परेको थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार