Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • हामी अहिले रक्तपातविहीन युद्धमा छौं : प्रचण्ड

    हामी अहिले रक्तपातविहीन युद्धमा छौं : प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताएका छन् ।

    राजधानीमा आज आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने–‘अहिले हामीहरु रक्तपातविहीन युद्धमा रहेको छौं । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्छ भन्ने विश्वास लिएका छौं ।



    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने पुस ५ को कदम अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।



    प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम संवैधानिक हो कि असंवैधानिक भन्ने विषयमा बहस सकिएर फैसला आउने क्रममा छ।

    केही दिनभित्रै यस विषयमा फैसला आउने अनुमान भइरहेका बेला प्रचण्डको यस्तो धारणा सार्वजनिक भएको हो ।

    अध्यक्ष प्रचण्डले भने–‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार