Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • साढे ५ महिनादेखि घुम्टो ओढाएर राखेको रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै

    साढे ५ महिनादेखि घुम्टो ओढाएर राखेको रेल चलाउन रेल्वे अध्यादेश ल्याइँदै

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल सञ्चालनका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सीमापार जयनगर–कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको हो ।



    नयाँ अध्यादेशको तयारीसँगै सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल पनि उद्घाटन गरिहाल्ने योजना बनाएको बुझिएको छ ।



    धनुषाको इर्नवामा ल्याएर राखिएको रेल चलाउनका लागि कानून अत्यावश्यक भएकाले अध्यादेश ल्याउन छलफल सुरु भएको मन्त्रालयले जनाएको छ ।

    सरकारले संसदमा रेल्वे विधेयक लगेपनि पास भएको छैन ।

    संसद विघटन भएकाले तत्कालै सो विधेयक पास हुने सम्भावना नभएकाले अध्यादेश ल्याएर रेल चलाउने वातावरण तयार गर्न लागिएको हो ।

    सरकारले संसदमा गएको विधेयकमा नै समान्य हेरफेर गरेर रेल्वे अध्यादेश ल्याउने तायरी गरेको छ ।

    मन्त्रालयले मस्यौदा तयार गरेर पठाएपछि मन्त्रिपरिषदले पारित गेर राष्ट्रपतिमार्फत अध्यादेश जारी गरिन्छ ।

    मन्त्रालयका अनुसार रेल सञ्चालनमा लागि भारतीय रेल्वे कम्पनीबाट जनशक्ति ल्याउन लागिएको छ भने लोकसेवा आयोगमार्फत पनि जनशक्ति भर्ति गर्ने तयारी छ । करिब डेढ सय कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढेको छ ।

    सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार