Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • सौराहमा मौलिक खानासहितको ‘सौराह किचन’ सञ्चालनमा

    सौराहमा मौलिक खानासहितको ‘सौराह किचन’ सञ्चालनमा

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 3.4K
    SHARES

    चितवन ।  पर्यटकीय नगरी सौराहामा मौलिक खानाको परिकारसहितको ‘सौराह किचन’ खुलेको छ । खानाका स्वादका पारखीहरूका लागि  सौराहामा आन्तरिक पर्यटक लक्षित मौलिक विभिन्न स्थानीय जनजातिका खानाका परिकार पाइने ‘सौराह किचन’ सञ्चालनमा आएको छ ।

    विगत लामो समयदेखि पर्यटन व्यवसायमा संलग्न युवा उद्यमी प्रकाशचन्द भट्टराईले मुलुककै तेस्रो पर्यटकीय गन्तव्य सौराहा घुम्न आउने पर्यटकलाई लक्षित गरेर होम डेलिभरीसहितको ‘सौराह किचन’ सुरू गरेका हुन् ।



    ‘सौराहाको आफ्नै मौलिक पहिचान छ’, ‘सौराह किचन’का सञ्चालकसमेत रहेका भट्टराईले भने, ‘यहाँ मौलिक खानाको स्वादलाई स्थापित गर्दै पर्यटकलाई आफूले चाहेअनुसारको परिकारहरू फोनमार्फत मगाउन सकिने गरी सेवा सुरू गरेका हौँ ।’
    लोक गायकसमेत रहेका भट्टराईले आफूले विगत दुई दशक बढी समयदेखि हासिल गरेको ज्ञान र सीपलाई आत्मसात् गर्दै सौराहाको बीचमा पर्ने भूभागमा झण्डै पाँच कट्ठा क्षेत्रफलमा रेस्टुरेन्ट लकडाउनको सदुपयोग गर्दै खोलेका हुन् ।



    सौराहाको हात्तीचोकबाट भित्र रहेको ‘सौराह किचन’मा स्थानीय थारु, कुमाल, दराई, बोटे, मुसहरसहितका विभिन्न जनजातिका परिकारलाई समेत विशेष ग्राह्यता दिइएको उनले बताए । विशेष गरी ‘सौराह किचन’मा खाना र खाजाका लागि लोकल चिकेन, टर्की, बट्टाई, हाँस, लोकल माछा, स्थानीय जातका खसीबोका, कालिजसहितको विशेष परिकारहरू ग्राहकहरूको अर्डरसँगै वा आफैँ बनाएरसमेत खान सकिने व्यवस्था भट्टराईले गरेका छन् ।

    यस्तै, उनले मुलककै विभिन्न ठाउँमा पाइने मार्सी, कालानामक, पोख्रेली जेठो बूढो, बास्मती, भक्तपुरे टाइचन चामल, कालो र ब्राउण्डसहित दस प्रजातिका चामलको खाना राजेर खान पाइने व्यवस्था गरेका छन् । उनले मुलुकभरका जाति र हरेक स्थानीय जातका खानाका परिकारहरू क्रमिकरुपले थप्दै मुलुककै पहिलो मौलिक रेस्टुरेन्टका रुपमा स्थापित गर्ने योजनासमेत अघि सारेका छन् ।

    विशेष गरी रेस्टुरेन्टमा हाँसको ग्रेभी मासुखाना र खाजा, हाँसको छोइला, लोकल कुखुराको झोल, मासु, खाना र खाजा, टर्कीको भुटुवा, बट्टाई फ्राई, बट्टाईको अण्डा, लोकल कुखुराको अण्डा, कालिजको फ्राई तथा झोल मासुसहित सौराहा किचन स्पेसल डिक्स मुख्य परिकार रहेको उनले बताए ।

    यसबाहेक पनि इन्डियन, चाइनिज, कन्टिनेन्टल खानाका परिकारहरू सौराहा किचनमा उपलब्ध हुनेछन् । उनले स्थानीयहरूलाई स्वावलम्बी बनाउनसमेत स्थानीय जातका हाँस कुखुराहरू खरिद गरी ग्राहकको चाहनाबमोजिम रोजेर खान सकिने व्यवस्थासमेत गरेका छन् ।
    यस्तै उनले सौराहा किचनमा शुद्ध शाहाकारीहरूका लागि चितवनमै पहिलो पटक अलग्गै भान्छा घर बनाएका छन् ।

    आउँदो वैशाखमा सौराहा किचनको उद्घाटन गरिने उनले बताए । उद्घाटनपश्चात् हरेक साँझ सांगीतिक प्रस्तुतिसमेत गरिने छ । उनले सौराहा किचनको आधिकारिक फेसबुक (सौराहा किचन) मा चेकइन गर्नेलाई मात्र जुनसुकै परिकारमा १० प्रतिशत छूटको समेत घोषणा गरेका छन् ।

    सौराहामै भट्टराईले आफ्नै लगानीमा आकर्षक शैलीको चितवन बुटिक नामक होटलसमेत सञ्चालन गरिसकेका छन् भने उनले स्थानीय जातका हाँस, कुखुराको पालन आफैँले गर्दै आएका छन् ।

    सौराहामा नेचर गाइड, लोकगायक हुँदै संरक्षण र समाजसेवालाई एकसाथ अगाडि बढाउँदै उनी होटल व्यवसायमा होमिएका हुन् । सरल, आत्मीय, निडर र सहयोगी स्वभावका भट्टराई सामाजिक संस्था लायन्स क्लबमा मात्र नभई जिल्लामा नै लोकप्रिय युवा उद्यमीका रुपमा समेत आफूलाई स्थापित गर्न सफल छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार