Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रचण्ड र माधब नेपालबीच पेरिसडाँडामा गोप्य भेटवार्ता

    प्रचण्ड र माधब नेपालबीच पेरिसडाँडामा गोप्य भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ११ फाल्गुन २०७७
  • 4.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच गोप्य भेटवार्ता भएको छ ।

    नेकपाको कार्यालय पेरिसडाँडामा पचण्ड र नेपालबीच भेटवार्ता भएको हो । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको मजदुर बलिदान दिवसमा सम्बोधन गर्न पेरिसडाँडा पुगेका प्रचण्डले सम्बोधन सके लगत्तै माधव नेपाललाई बोलाएका थिए ।



    केहीबेरमै पेरिसडाँडा पुगेका उनी र प्रचण्डबीच करिब ३० मिनेटसम्म गोप्य भेटभाट भएको थियो । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।



    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोेच्च अदालतले संसद पुनस्थापना गरे आन्दोलन गर्ने भन्दै अदालतलाई नै धम्की दिनेदेखि नेपाली सेनाका प्रधानसेनापतिले प्रधानन्यायाधीशलाई भेटघाट गरेको र सुरक्षा परिषदको बैठकले संकटकाल लगाउनेसम्मको तयारी थालेको चर्चा भइरहेको बेला दुई अध्यक्षबीच भेटघाट भएको हो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार